४६ तब पावल र बर्णाबासले साहसी भएर तिनीहरूलाई यसो भने: “परमेश्वरको वचन सर्वप्रथम तपाईँहरूलाई सुनाउनु आवश्यक थियो।+ तर तपाईँहरू त्यसलाई इन्कार गर्दै हुनुहुन्छ र आफैलाई अनन्त जीवन पाउन अयोग्य साबित गर्दै हुनुहुन्छ। त्यसैले हेर्नुहोस्, अब हामी अन्यजातिका मानिसहरूकहाँ जाँदै छौँ।+