-
यर्मिया ३:६-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ राजा योसियाहको समयमा+ यहोवाले मलाई यसो भन्नुभयो: “‘विश्वासघाती इस्राएलले के गरी, तिमीले देख्यौ? वेश्यावृत्ति गर्न त्यो भएभरका अग्ला डाँडाहरूमा र झ्याम्म परेका सबै रूखमुनि गई।+ ७ त्यसले यी सबै दुष्कर्म गरेपछि पनि मैले त्यसलाई मकहाँ फर्कन अनुरोध गरिरहेँ+ तर त्यसले इन्कार गरी। अनि यहुदाले आफ्नी विश्वासघाती दिदीले गरेको काम हेरिरही।+ ८ जब मैले यो देखेँ, तब व्यभिचार* गरेर विश्वासघात गर्ने इस्राएललाई+ छोडपत्र दिएर पठाइदिएँ।+ यो देखेर पनि त्यसकी विश्वासघाती बहिनी यहुदालाई कुनै डर लागेन; त्यसले पनि वेश्यावृत्ति गरी।+
-