-
दानिएल ४:३१-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ राजाले यो कुरा बोल्न नपाउँदै स्वर्गबाट एउटा यस्तो वाणी आयो: “ए राजा नबुकद्नेजर, तिम्रो लागि यस्तो सन्देश छ, ‘तिम्रो हातबाट राज्य खोसिएको छ,+ ३२ तिमीलाई मानिसहरूको माझबाट धपाइनेछ। जमिनका पशुहरूसित तिम्रो बास हुनेछ र तिमीले गोरुले जस्तै घाँस खानुपर्नेछ। यसरी सात काल बित्नेछ। तब सर्वोच्च परमेश्वर नै मानिसजातिको शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ उसैलाई शासन सुम्पिनुहुन्छ भनेर तिमीले जान्नेछौ।’”+
३३ त्यसैबेला नबुकद्नेजरमाथि यो कुरा पूरा भयो। तिनलाई मानिसहरूको माझबाट धपाइयो अनि तिनले गोरुले जस्तै घाँस खान थाले र आकाशको शीतले तिनको शरीरलाई भिजायो। तिनको कपाल चीलको प्वाँखजस्तै लामो भयो र तिनका नङ पनि चराको नङ्ग्राजस्तै भए।+
-