-
दानिएल ५:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हजुरको राज्यमा एक जना यस्ता मानिस* छन्, जसले पवित्र देवताहरूबाट शक्ति पाएका छन्। हजुरका बुबाको पालामा तिनमा देवताहरूको जस्तै समझशक्ति, अन्तर्दृष्टि र बुद्धि थियो।+ हजुरका बुबा राजा नबुकद्नेजरले तिनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू र ज्योतिषीहरूका प्रमुख नियुक्त गर्नुभएको थियो।+ हे महाराज, हजुरका बुबाले नै तिनलाई नियुक्त गर्नुभएको थियो। १२ किनकि दानिएल, जसलाई राजाले बेल्तसजर+ नाम दिनुभएको थियो, तिनीसित सपनाको अर्थ खोल्न सक्ने, उखानको अर्थ बताउन सक्ने र अड्कोहरू फुकाउन सक्ने असामान्य शक्ति, ज्ञान र अन्तर्दृष्टि* थियो।+ त्यसैले दानिएललाई हाजिर गराउनुहोस् र तिनले यसको अर्थ खोलिदिनेछन्।”
-