-
१ राजा १६:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ ओम्रिले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। तिनी आफ्ना पूर्वजभन्दा खराब भए।+
-
-
१ राजा १६:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० ओम्रिका छोरा आहाब यहोवा परमेश्वरको नजरमा तिनका पूर्वजभन्दा खराब थिए।+
-
-
२ राजा १६:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ राजा हुँदा आहाज २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्; तिनले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यो गरेनन्।+ ३ बरु तिनी इस्राएलका राजाहरूको चालमा हिँडे।+ तिनले आफ्नै छोरालाई आगोमा बलि चढाए।+ यसरी तिनले ती राष्ट्रहरूको घिनलाग्दो रीतिथिति अपनाए, जुन राष्ट्रहरूलाई यहोवा परमेश्वरले इस्राएलीहरूको सामुन्नेबाट निकालिदिनुभएको थियो।+
-