-
यसैया ४२:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ कुँदेर बनाइएका मूर्तिहरूमा भरोसा राख्नेहरू
र धातु पगालेर बनाइएका मूर्तिहरूलाई “हाम्रो ईश्वर” भन्नेहरू
लाजमा पर्नेछन् र पछि हट्नेछन्।+
-
-
यसैया ४४:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तिनीहरू कसैसित यसो भनेर सोच्ने ज्ञान र बुद्धि छैन:
“यस रूखको आधाउधी काठ त मैले दाउरा बनाएर बालेँ,
यसकै आगोमा मैले रोटी पकाएर खाएँ,
यसकै भुङ्ग्रोमा मैले मासु पनि पोलेर खाएँ;
अब बाँकी रहेको काठबाट के म यस्तो घिनलाग्दो कुरा बनाऊँ?+
जाबो एउटा काठको टुक्रोलाई म पूजा गरूँ?”
२० त्यो मानिस त खरानीले पेट भर्ने मानिसजस्तै हो,
उसको छली मनले उसलाई धोका दिएको छ।
उसले आफैलाई बचाउन सक्दैन; ऊ यसो पनि भन्दैन:
“मेरो हातमा मैले व्यर्थको मूर्ति बोकिरहेको छु।”
-