-
व्यवस्था २८:२८, २९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ यहोवा परमेश्वरले तिमीहरूलाई पागलपन र अन्धोपनले सताउनुहुनेछ अनि तिमीहरूलाई अलमलमा पारिदिनुहुनेछ।*+ २९ अन्धोले आफ्नो अन्धकार संसारमा छामछाम छुमछुम गरेझैँ तिमीहरूले मध्यदिनमा छामछाम छुमछुम गर्नेछौ+ अनि तिमीहरू कुनै काममा सफल हुनेछैनौ। तिमीहरू सधैँ ठगिनेछौ र लुटिनेछौ तर तिमीहरूलाई बचाउने कोही हुनेछैन।+
-
-
यसैया ५९:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैले इन्साफ हामीबाट कोसौँ टाढा छ;
धार्मिकता हामीसम्म पुग्नै पाउँदैन।
हामी ज्योति पर्खिरहेका छौँ तर अन्धकारबाहेक केही भेट्दैनौँ;
हामी उज्यालोको आशामा छौँ तर अँध्यारोमै हिँडिरहनुपरेको छ।+
१० अन्धाले जस्तै हामी भित्ता छामछाम छुमछुम गर्छौँ;
आँखा नभएकाहरूले जस्तै हामी छाम्दै हिँड्छौँ।+
रातमा जस्तै हामी मध्यदिनमै ठेस खान्छौँ;
बलियाहरूको बीचमा हामी जिउँदो लासजस्तै भएका छौँ।
-