-
आमोस १:६-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यहोवा यसो भन्नुहुन्छ,
‘“गाजाले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि तिनीहरूले निर्वासनमा लगिएकाहरू+ सबैलाई एदोमको जिम्मा लगाए।
७ त्यसैले म गाजाको पर्खालमा आगो पठाउनेछु+
अनि त्यसले गाजाका बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ।
८ म अस्दोदका+ बासिन्दाहरूलाई
अनि अस्कलोनबाट+ शासन गर्नेलाई* नाश गर्नेछु,
म एक्रोनविरुद्ध+ आफ्नो हात उठाउनेछु
अनि बाँकी रहेका सबै पलिस्तियालीको नामोनिसान मेटिनेछ,”+ ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ।’
-