२९ येसुले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्छ,+ ३० उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा-जमिन पाउनेछ+ अनि आउने युगमा अनन्त जीवन पाउनेछ।