-
मर्कुस ३:१६-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ उहाँले बनाउनुभएको* समूहका १२ जना+ यी नै हुन्: सिमोन, जसलाई उहाँले पत्रुस भन्ने नाम पनि दिनुभयो,+ १७ जब्दिको छोरा याकुब, याकुबको भाइ युहन्ना (उहाँले यी दुईलाई बोअनर-गेस भन्ने नाम पनि दिनुभयो, जसको अर्थ हुन्छ, “गर्जनका छोराहरू”),+ १८ अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ति, थोमा, अल्फयसको छोरा याकुब, थेदियस, जोसिलो* सिमोन १९ र यहुदा इस्करियोत, जसले पछि येसुलाई धोका दिए।
त्यसपछि उहाँ एउटा घरभित्र पस्नुभयो।
-
-
लुका ६:१३-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तर जब उज्यालो भयो, उहाँले आफ्ना चेलाहरूलाई बोलाएर तीमध्ये १२ जनालाई छान्नुभयो अनि प्रेषितहरू* भन्ने नाम पनि दिनुभयो।+ तिनीहरू हुन्: १४ सिमोन, जसलाई उहाँले पत्रुस भन्ने नाम पनि दिनुभयो र तिनका भाइ अन्द्रियास, याकुब, युहन्ना, फिलिप,+ बारथोलोमाइ, १५ मत्ति, थोमा,+ अल्फयसको छोरा याकुब, “जोसिलो” भनिने सिमोन, १६ यहुदा, जो याकुबका छोरा थिए अनि यहुदा इस्करियोत, जो पछि धोकेबाज भए।
-