-
प्रस्थान १२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ पहिलो दिन तिमीहरूले पवित्र सभा राख्नू र सातौँ दिन पनि त्यसै गर्नू। यी दुवै दिनमा तिमीहरूले कुनै काम नगर्नू।+ तर तिमीहरू प्रत्येकले आफूलाई चाहिनेजति खाना तयार पार्न भने सक्छौ।
-
-
व्यवस्था २३:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ “तिमीहरू आफ्नो छिमेकीको खेतमा गयौ भने त्यहाँको अन्न टिपेर खान सक्छौ तर उसको खेतमा हँसियाचाहिँ नलगाउनू।+
-
-
मर्कुस २:२३-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ एकचोटिको कुरा हो, उहाँ विश्रामदिनमा* गहुँ खेत हुँदै गइरहनुभएको बेला उहाँका चेलाहरू गहुँका बालाहरू टिप्दै हिँड्न थाले।+ २४ यो देखेर फरिसीहरूले उहाँलाई यसो भने: “यहाँ हेर्नुहोस्, तिनीहरू किन विश्रामदिनमा गर्न नहुने काम गरेर नियम उल्लङ्घन गर्दै छन्?” २५ उहाँले तिनीहरूलाई भन्नुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा अनि खानेकुरा केही नहुँदा के गरे, के तिमीहरूले कहिल्यै पढेका छैनौ?+ २६ के तिमीहरूले मुख्य पुजारी अबियातारको+ विवरण पढेका छैनौ कि कसरी दाउद परमेश्वरको भवनभित्र पसे र पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि परमेश्वरलाई चढाइएका रोटीहरू* खाए+ अनि आफ्ना मानिसहरूलाई पनि केही दिए?” २७ उहाँले तिनीहरूलाई अझै यसो भन्नुभयो: “परमेश्वरले मानिसको निम्ति विश्रामदिन तोक्नुभएको हो,+ विश्रामदिन मान्नकै लागि भनेर मानिस सृष्टि गर्नुभएको होइन। २८ त्यसैले मानिसको छोरा विश्रामदिनको पनि प्रभु हो।”+
-
-
लुका ६:१-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ एकपटक विश्रामदिनमा* उहाँ गहुँ खेत हुँदै गइरहनुभएको थियो र उहाँका चेलाहरू गहुँका बालाहरू टिपेर+ हातले माड्दै खाइरहेका थिए।+ २ यो देखेर केही फरिसीहरूले* यसो भने: “विश्रामदिनमा गर्न नहुने काम गरेर तिमीहरू किन नियम उल्लङ्घन गरिरहेका छौ?”+ ३ तर येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा के गरे, के तिमीहरूले कहिल्यै पढेका छैनौ?+ ४ कसरी तिनी परमेश्वरको भवनभित्र पसे र पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि+ परमेश्वरलाई चढाइएका रोटीहरू* लिएर खाए अनि आफ्ना मानिसहरूलाई पनि केही दिए?” ५ उहाँले तिनीहरूलाई अझै यसो भन्नुभयो: “मानिसको छोरा नै विश्रामदिनको प्रभु हो।”+
-