प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ८:१३-२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यति भनिसकेपछि तिनीहरूलाई त्यहीँ छोडेर उहाँ फेरि डुङ्‌गा चढ्‌नुभयो र पारि जानुभयो।

      १४ तर तिनीहरूले आफूसित रोटी लैजान बिर्से र तिनीहरूसित डुङ्‌गामा एउटा रोटीबाहेक अरू केही खानेकुरा थिएन।+ १५ उहाँले तिनीहरूलाई प्रस्टै यस्तो चेतावनी दिनुभयो: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र हेरोदको खमिरदेखि* होसियार रहो।”+ १६ त्यसैले तिनीहरू रोटी नल्याएको विषयलाई लिएर आपसमा भनाभन गर्न थाले। १७ यो थाह पाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “रोटी नल्याएको विषयलाई लिएर तिमीहरू किन आपसमा भनाभन गर्छौ? के तिमीहरूले अझै पनि थाह पाएनौ? अनि यसको अर्थ बुझ्न सकेनौ? के तिमीहरूको हृदय बुझ्नै नसक्नेगरि बोधो भयो? १८ ‘के तिमीहरू आँखा भएर पनि देख्दैनौ र कान भएर पनि सुन्दैनौ?’ के तिमीहरूले बिर्स्यौ, १९ मैले पाँच वटा रोटी भाँचेर+ ५ हजार पुरुषलाई खुवाउँदा तिमीहरूले कति डालो टुक्राटाक्री बटुलेका थियौ?” तिनीहरूले भने: “बाह्र।”+ २० “मैले सात वटा रोटी भाँचेर ४ हजार पुरुषलाई खुवाउँदा तिमीहरूले कति वटा ठूला डालामा टुक्राटाक्री बटुलेका थियौ?” तिनीहरूले भने: “सात।”+ २१ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूले अझै बुझेनौ?”

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने