१७ हेरोदले आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियाससित विवाह गरेका थिए। त्यसैकारण हेरोद आफैले मानिसहरू पठाएर युहन्नालाई पक्रेका थिए अनि बाँधेर झ्यालखानामा हालेका थिए।+१८ किनकि युहन्ना हेरोदलाई यसो भन्ने गर्थे: “तपाईँले आफ्नी भाउजूलाई आफ्नी पत्नी बनाउनु ठीक होइन।”+
१९ तर जब तिनले प्रान्तीय शासक हेरोदलाई उनका दाइकी पत्नीको विषयमा र हेरोदले गरेका अरू सबै दुष्ट कामको विषयमा हप्काए, २० तब उनले आफ्ना दुष्ट कामहरूमा अझै एउटा दुष्ट काम थपे: उनले युहन्नालाई झ्यालखानामा हाले।+