-
लुका २३:५०-५३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० अनि हेर! त्यहाँ युसुफ नाम गरेका एक जना मानिस थिए, जो न्यायपरिषद्का सदस्य थिए। तिनी भलादमी अनि धर्मी मानिस थिए।+ ५१ (यी मानिसले न्यायपरिषद्का अरू सदस्यहरूको षड्यन्त्र र कामको पक्षमा आफ्नो मत खसालेका थिएनन्।) तिनी यहुदियावासीहरूको अरिमथिया भन्ने सहरका मानिस थिए। तिनले परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए। ५२ तिनले पिलातसकहाँ गएर येसुको शव मागे। ५३ त्यसपछि तिनले उहाँको शव तल झारेर+ उच्च कोटिको मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाइएको चिहानमा राखे,+ जहाँ त्यसअघि कसैको शव राखिएको थिएन।
-