२० चट्टानमा छरिएकोचाहिँ त्यो हो, जसले वचन सुनेर खुसीसाथ तुरुन्तै स्विकार्छ।+२१ उसको आफ्नै जरा नभए तापनि केही समयसम्म रहिरहन्छ तर वचनको खातिर सङ्कष्ट वा खेदो आउनेबित्तिकै ठेस खान्छ।
१३ चट्टानमा पर्नेहरू ती हुन्, जसले वचन सुन्नेबित्तिकै खुसीसाथ स्विकार्छन् तर तिनीहरूको जरा नभएकोले तिनीहरूले केही समयसम्म त विश्वास गर्छन् तर परीक्षा आइपर्नेबित्तिकै पछि हटिहाल्छन्।+