३१ उहाँले तिनीहरूलाई यसो भन्दै अर्को उदाहरण सुनाउनुभयो: “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले आफ्नो खेतमा रोप्यो।+ ३२ यो वास्तवमा बिउहरूमध्ये सबैभन्दा सानो हो तर बढेपछि सागपातहरूमध्ये सबैभन्दा ठूलो हुन्छ र रूख बन्छ। अनि आकाशका चराचुरुङ्गी आएर यसका हाँगाहरूमा बास बस्छन्।”