-
मत्ति ९:२३-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ जब उहाँ ती शासकको घरमा पुग्नुभयो, तब उहाँले शोकधुन बजाइरहेका बाँसुरीवादकहरू र खैलाबैला मच्चाइरहेको भीडलाई देख्नुभयो।+ २४ येसुले तिनीहरूलाई भन्नुभयो: “यहाँबाट जाओ किनकि सानी ठिटी मरेकी छैन तर निदाइरहेकी छे।”+ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। २५ भीडलाई बाहिर पठाइसकेपछि उहाँ तुरुन्तै भित्र पस्नुभयो र सानी ठिटीको हात समात्नुभयो+ अनि ऊ जुरुक्क उठी।+ २६ तब त्यस इलाकाको चारैतिर यो कुरा फैलियो।
-
-
लुका ८:५१-५६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ तिनको घरमा पुगेपछि उहाँले पत्रुस, युहन्ना, याकुब अनि केटीका आमाबुबाबाहेक अरू कसैलाई आफूसित भित्र आउन दिनुभएन। ५२ सबै मानिस रुँदै अनि छाती पिट्दै शोक गरिरहेका थिए। त्यसैले उहाँले भन्नुभयो: “रुन छोड+ किनकि ऊ मरेकी छैन तर निदाइरहेकी छे।”+ ५३ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले किनकि केटी मरिसकेकी छे भनेर तिनीहरूलाई थाह थियो। ५४ तर उहाँले उसको हात समातेर भन्नुभयो: “नानु, उठ!”+ ५५ तब उसको सास*+ फर्क्यो र ऊ जुरुक्कै उठी।+ त्यसपछि उसलाई केही खानेकुरा दिनू भनी उहाँले अह्राउनुभयो। ५६ यो देखेर उसका आमाबुबाको खुसीको सीमा रहेन। तर यसबारे कसैलाई नभन्नू भनी उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो।+
-