-
मत्ति १७:१-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ छ दिनपछि येसुले पत्रुस, याकुब र तिनको भाइ युहन्नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन।+ २ तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको मुहार सूर्यजस्तै उज्यालो र लुगाचाहिँ ज्योतिजस्तै चहकिलो* भयो।+ ३ अनि हेर! तिनीहरूसामु मोसा र एलिया देखिए, जो उहाँसित कुराकानी गर्दै थिए। ४ तब पत्रुसले येसुलाई भने: “प्रभु, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। यदि तपाईँ चाहनुहुन्छ भने म यहाँ तीन वटा पाल टाँग्नेछु, एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” ५ तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+ ६ यो सुनेर चेलाहरू घोप्टो परे अनि असाध्यै डराए। ७ तब नजिकै गएर येसुले तिनीहरूलाई छुँदै भन्नुभयो: “नडराओ, उठ।” ८ तिनीहरूले आफ्नो शिर उठाएर हेर्दा त्यहाँ येसुबाहेक अरू कसैलाई देखेनन्।
-
-
लुका ९:२८-३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ वास्तवमा यो कुरा भनेको लगभग आठ दिनपछि पत्रुस, युहन्ना र याकुबलाई लिएर उहाँ डाँडामा प्रार्थना गर्न जानुभयो।+ २९ उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको अनुहार बद्लियो अनि उहाँको पोसाक चम्किलो सेतो भयो। ३० अनि हेर! दुई जना उहाँसित कुराकानी गरिरहेका थिए, ती दुई मोसा र एलिया थिए। ३१ उनीहरू गौरवका साथ देखा परे र उहाँको बिदाइको विषयमा कुरा गर्न थाले, जुन यरुसलेममा हुन लागेको थियो।+ ३२ त्यसबेला पत्रुस र तिनीसित भएकाहरू निद्राले लट्ठ भएका थिए तर पूरै ब्युँझिएपछि तिनीहरूले येसुको गौरव अनि उहाँसँगै उभिरहेका ती दुई जनालाई देखे।+ ३३ ती दुई जनाले उहाँलाई छोडेर जान लाग्दा पत्रुसले येसुलाई भने: “गुरुज्यू, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। त्यसैले हामीलाई तीन वटा पाल टाँग्न दिनुहोस्। एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” तर तिनलाई आफूले बोलिरहेको कुराको कुनै हेक्का थिएन। ३४ तिनले यो कुरा भन्दाभन्दै बादल आएर तिनीहरूलाई ढाक्न थाल्यो। बादलले आफूलाई छोपेको देखेर तिनीहरू डराए। ३५ तब बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले रोजेको छु।+ उनको कुरा सुन।”+ ३६ जसै यो आवाज आयो, तिनीहरूले त्यहाँ येसुलाई एक्लै पाए। तर तिनीहरू चुपचाप बसे अनि आफूले देखेको कुरा केही समयको लागि कसैलाई बताएनन्।+
-