-
प्रस्थान २६:३१-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ “तिमीले बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरिएको पर्दा बनाउनू।+ ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको चित्र बनाउनू। ३२ पर्दालाई सुनले मोहोरेको बबुल काठका चार वटा खामामा झुन्ड्याउनू। ती खामाहरूमा सुनका अङ्कुसेहरू लगाउनू। ती खामाहरूलाई चाँदीका चार वटा चूलघरमा ठड्याउनू। ३३ पर्दालाई खीपमा झुन्ड्याउनू र साक्षीपाटी* राखिएको सन्दुकलाई* पर्दापछाडि राख्नू।+ त्यस पर्दाले पवित्र कोठा*+ र महापवित्र कोठालाई*+ छुट्ट्याउनेछ।
-