२१ हो, मैले प्रार्थना गरिरहेकै बेला गब्रिएल,+ जसलाई मैले पहिला पनि दर्शनमा* देखेको थिएँ,+ मकहाँ आए। त्यसबेला म साह्रै लखतरान भएको थिएँ र साँझको भेटी चढाउने बेला भएको थियो।
२६ उनी गर्भवती भएको छैटौँ महिनामा परमेश्वरले गब्रिएल+ स्वर्गदूतलाई गालिलको नासरत भन्ने सहरमा २७ एक जना कन्याकहाँ+ पठाउनुभयो। तिनको नाम मरियम थियो र दाउदको घरानाको युसुफ नाम गरेको मानिससित तिनको मगनी भएको थियो।+