१४ येसुले यसरी विश्रामदिनमा निको पार्नुभएको देखेर रिसले चूर भएका सभाघरका पदाधिकारीले भीडलाई यसो भने: “काम गर्नका लागि छ दिन छुट्ट्याइएको छ।+ त्यसैले ती दिनमा आएर निको होओ, विश्रामदिनमा होइन।”+
१६ तब केही फरिसीले भन्न लागे: “त्यो मानिस परमेश्वरबाट आएको होइन किनभने त्यसले विश्रामदिन मान्दैन।”+ अरूले चाहिँ यसो भने: “पापी मानिसले कसरी त्यस्ता किसिमका चमत्कारहरू गर्न सक्छ र?”+ यसरी तिनीहरूमाझ फूट उत्पन्न भयो।+