-
मत्ति १२:२४-३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यो सुनेर फरिसीहरूले भने: “यस मानिसले प्रेतहरूको शासक बालजिबुलको* मदत लिएर प्रेतहरूलाई धपाउँछ।”+ २५ तिनीहरू के सोच्दै छन् भन्ने थाह पाएर उहाँले यसो भन्नुभयो: “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ अनि जुन सहर वा घरभित्र फूट छ, त्यो टिक्नेछैन। २६ त्यसैगरि यदि सैतानले सैतानलाई नै धपाउँछ भने त्यो आफैमा फूट हुन्छ र त्यसो भयो भने त्यसको राज्य कसरी टिक्ला र? २७ साथै यदि म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु भने तिमीहरूका छोराहरूचाहिँ* कसको मदतले धपाउँछन्? त्यसैले तिमीहरूका छोराहरूले नै तिमीहरूलाई गलत साबित गर्नेछन्। २८ तर यदि म परमेश्वरको पवित्र शक्तिले प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+ २९ अथवा के कसैले बलियो मानिसको घरमा घुसेर उसको सामान कब्जा गर्नुअघि पहिला उसलाई बाँध्नुपर्दैन र? त्यसपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। ३० जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्छ।+
-
-
मर्कुस ३:२२-२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ साथै यरुसलेमबाट ओर्लेर आएका शास्त्रीहरूले यसो भनिरहेका थिए: “यसमा बालजिबुलले* बास गरेको छ र प्रेतहरूको शासकबाट शक्ति पाएको भएरै यसले प्रेतहरूलाई धपाउँछ।”+ २३ त्यसैले तिनीहरूलाई आफ्नो नजिक बोलाएर उहाँले उदाहरणहरू दिएर यसो भन्नुभयो: “सैतानले सैतानलाई नै कसरी धपाउन सक्छ र? २४ यदि कुनै राज्यभित्र फूट छ भने त्यो राज्य कदापि टिक्न सक्दैन;+ २५ अनि यदि कुनै घरभित्र फूट छ भने त्यो घर टिक्न सक्दैन। २६ त्यसरी नै यदि सैतान आफ्नै विरुद्धमा खडा भएको छ र त्यो आफैमा फूट छ भने त्यो टिक्न सक्दैन तर त्यसको अन्त हुनेछ। २७ बलियो मानिसको घरभित्र पसेको मानिसले पहिला त्यो बलियो मानिसलाई नबाँधीकन उसको सामान चोर्न सक्दैन। त्यसपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
-