५१ हे परमेश्वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्।+
तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्।+
२ मेरो गल्ती पूरै पखालिदिनुहोस्+
र मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्।+
३ किनकि मलाई थाह छ, मैले पाप गरेको छु
र मेरो पाप सधैँ मेरै सामुन्ने छ।+