५५ त्यही बेला येसुले भीडलाई भन्नुभयो: “के तिमीहरू डाँकुलाई जस्तैगरि तरबार र लाठोहरू लिएर मलाई पक्रन आयौ? म दिनदिनै मन्दिरमा बसेर सिकाउँथेँ+ तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ।+ ५६ तर भविष्यवक्ताहरूले लेखेका कुरा पूरा होऊन् भनेर यी सब भएका हुन्।”+ तब सबै चेला उहाँलाई छोडेर भागे।+