-
मत्ति २७:२२-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ पिलातसले तिनीहरूलाई भने: “त्यसोभए ख्रिष्ट भनिने यस येसुलाई म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए: “त्यसलाई खम्बामा टाँग्नुहोस्!”+ २३ तिनले भने: “किन? उसले के खराब काम गऱ्यो र?” तर तिनीहरू यसो भन्दै झन् चिच्याउन थाले: “त्यसलाई खम्बामा टाँग्नुहोस्!”+
२४ आफ्नो कोसिस सफल हुनुको सट्टा भीड झन् उत्तेजित हुन थालेको देखेर पिलातसले पानी लिए र भीडले देख्नेगरि आफ्नो हात धुँदै यसो भने: “म यस मानिसको रगतको दोषबाट मुक्त छु। यसको जिम्मेवार अब तिमीहरू नै हौ।” २५ तिनको कुरा सुनेर सबै मानिसले यसो भने: “त्यसको रगतको दोष हामी र हाम्रा सन्तानमाथि आइपरोस्।”+ २६ त्यसपछि तिनले बरब्बालाई मुक्त गरे तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+
-
-
मर्कुस १५:१२-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तब पिलातसले तिनीहरूलाई फेरि सोधे: “त्यसोभए तिमीहरू जसलाई यहुदीहरूका राजा भन्छौ, उसलाई चाहिँ म के गरूँ?”+ १३ तिनीहरू फेरि कराए: “त्यसलाई खम्बामा टाँग्नुहोस्!”+ १४ तर पिलातसले तिनीहरूलाई भने: “किन? उसले के खराब काम गऱ्यो र?” तर तिनीहरू यसो भन्दै झन् चिच्याए: “त्यसलाई खम्बामा टाँग्नुहोस्!”+ १५ तब भीडको चित्त बुझाउन पिलातसले बरब्बालाई मुक्त गरिदिए तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+
-