२४ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ+ अनि उसको न्याय गरिँदैन तर मृत्युलाई पार गरेर ऊ जीवनमा प्रवेश गर्छ।+
२५ येसुले तिनलाई भन्नुभयो: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ।+ जसले ममाथि विश्वास गर्छ, ऊ मऱ्यो भने पनि फेरि जीवित हुनेछ। २६ अनि जो अहिले जीवित छ र ममाथि विश्वास गर्छ, ऊ कहिल्यै मर्नेछैन।+ के तिमी यो कुरामा विश्वास गर्छ्यौ?”
५४ जब यो शरीर, जुन विनाशी छ, त्यसले अविनाशी रूप धारण गर्छ अनि यो शरीर, जुन मरणशील छ, त्यसले अमरता धारण गर्छ, तब लेखिएको यो भनाइ पूरा हुनेछ: “मृत्युलाई सधैँको निम्ति निलियो।”+
६ जो-जो मृत्युबाट सुरुमा जीवित पारिन्छन्,+ तिनीहरू आनन्दित अनि पवित्र हुन्; तिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार हुँदैन।+ बरु तिनीहरू परमेश्वरका अनि ख्रिष्टका पुजारी हुनेछन्+ र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्।+