२ तिनले राती येसुकहाँ आएर+ यसो भने: “रब्बी,+ हामीलाई थाह छ, तपाईँ परमेश्वरको तर्फबाट आउनुभएको शिक्षक हुनुहुन्छ किनकि यदि परमेश्वर साथमा हुनुहुन्न भने कसैले पनि तपाईँले गर्नुभएको जस्तो चमत्कारहरू गर्न सक्दैन।”+
३६ तर मसित युहन्नाको भन्दा ठूलो साक्षी छ किनकि बुबाले मलाई जुन कामहरू पूरा गर्न खटाउनुभयो, ती कामहरूले नै बुबाले मलाई पठाउनुभएको हो भनेर साक्षी दिन्छन् र म अहिले ती कामहरू नै गर्दै छु।+
३८ तर यदि गरिरहेको छु भने मलाई विश्वास नगरे तापनि मेरा कामहरूलाई विश्वास गर+ ताकि म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनी तिमीहरूले बुझ्न र विश्वास गरिरहन सक।”+
१० म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ?+ म तिमीहरूलाई जे भन्छु, त्यो आफ्नै तर्फबाट भन्दिनँ+ तर मसित एकतामा हुनुहुने बुबाले मद्वारा आफ्नो काम गर्दै हुनुहुन्छ।
२२ “हे इस्राएलका मानिसहरू हो, यो कुरा सुन्नुहोस्: नासरी येसुलाई परमेश्वरले पठाउनुभएको थियो र यो कुरा प्रकट गर्न परमेश्वरले उहाँमार्फत शक्तिशाली काम र आश्चर्यजनक कार्यहरू गर्नुभयो अनि चिन्हहरू देखाउनुभयो,+ जुन कुरा तपाईँहरूलाई पनि थाहै छ।