७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+
उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।
काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+
ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँ
उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+
८ ऊमाथि अत्याचार भयो र अन्याय गरेर उसको जीवन खोसियो।
तर ऊ को हो, कहाँबाट आयो, कसैले विचार गरेन।
जीवितहरूको देशबाट उसलाई हटाइयो।+
मेरा मानिसहरूले अपराध गरे तर त्यसको चोट उसले पायो।+