-
प्रेषित १०:१७-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अलमल्ल परिरहेको बेला कर्निलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्दै ढोकामै आइपुगे।+ १८ तिनीहरूले घरधनीलाई बोलाएर त्यहाँ पत्रुस भनिने सिमोन पाहुना बसेका छन् कि भनेर सोधे। १९ पत्रुसले अझै पनि आफूले देखेको दर्शनबारे सोचिरहेको बेला पवित्र शक्तिले+ तिनलाई यसो भन्यो: “हेर, तीन जना मानिस तिम्रो विषयमा सोधपुछ गर्दै छन्। २० अब उठ, तल ओर्लेर कुनै शङ्का नगरी ती मानिसहरूसित जाऊ किनकि तिनीहरूलाई मैले नै पठाएको हुँ।”
-