-
गलाती १:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि आफ्नै जातिका मेरा दौँतरीहरूले भन्दा मैले यहुदी धर्ममा धेरै प्रगति गर्दै थिएँ किनकि म आफ्ना पुर्खाहरूले बसालेका परम्पराहरू असाध्यै जोसिलो भएर पालन गर्थेँ।+
-
-
फिलिप्पी ३:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यद्यपि यदि कसैसित शरीरमा भरोसा राख्ने आधार छ भने मसित पनि छ।
यदि अरू कोही मानिसले आफूसित शरीरमा भरोसा राख्ने आधार छ भन्ठान्छ भने मसित झन् धेरै छ ५ किनकि म आठौँ दिनमा खतना गरिएको,+ इस्राएली जातिको, बिन्यामिनको कुलको, हिब्रू आमाबुबाबाट जन्मेको हिब्रू;+ व्यवस्थाको कुरा गर्ने हो भने एक जना फरिसी;+ ६ जोसको कुरा गर्ने हो भने मण्डलीलाई खेदो गर्ने;+ व्यवस्था पालन गरेर धर्मी ठहरिने सन्दर्भमा भन्ने हो भने आफूलाई निर्दोष साबित गरेको मानिस हुँ।
-