-
प्रकाश १:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ साथै येसु ख्रिष्टको पनि, जो “विश्वासयोग्य साक्षी,”+ “मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएका पहिलो सन्तान”+ अनि “पृथ्वीका राजाहरूका शासक”+ हुनुहुन्छ।
उहाँ हामीलाई प्रेम गर्नुहुन्छ+ र उहाँले आफ्नै रगतद्वारा हामीलाई हाम्रो पापको बन्धनबाट मुक्त गर्नुभयो+ ६ अनि उहाँले हामीलाई आफ्ना परमेश्वर तथा बुबाको लागि राजा+ र पुजारी+ बनाउनुभयो। हो, महिमा र पराक्रम सदासर्वदा उहाँकै होस्। आमिन।
-