-
२ कोरिन्थी ८:१-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अब हे भाइ हो, म्यासिडोनियाका+ मण्डलीहरूलाई परमेश्वरले देखाउनुभएको असीम अनुग्रहबारे तिमीहरूले थाह पाओ भन्ने हामी चाहन्छौँ। २ ठूलो परीक्षाले गर्दा तिनीहरूले दुःखकष्ट झेलिरहेका थिए तर आफू कङ्गाल हुँदाहुँदै पनि तिनीहरूले खुसीसाथ दिएर आफ्नो उदारता देखाए। ३ तिनीहरूले आफ्नो औकातअनुसार,+ हो, आफ्नो औकातभन्दा पनि धेरै गरे।+ म यसको साक्षी छु। ४ पवित्र जनहरूलाई दान दिएर उनीहरूको निम्ति गरिने राहत सेवामा भाग+ लिने सुअवसर पाऔँ भनी तिनीहरूले आफै अघि सरेर हामीलाई बिन्ती गरिरहे।
-
-
२ कोरिन्थी ९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ किनकि तिमीहरू मदत गर्न इच्छुक छौ भनेर मलाई थाह छ। अनि अखैयाका* भाइहरूले विगत एक वर्षदेखि मदत गर्ने इच्छा देखाइरहेका छन् भनेर म म्यासिडोनियालीहरूसामु गर्व गर्दै छु र तिमीहरूको जोसले तिनीहरूमध्ये धेरै जनालाई उत्साहित बनाएको छ।
-