-
मत्ति १८:१५-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “यदि तिम्रो भाइले पाप गऱ्यो भने जाऊ अनि तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ।*+ उसले तिम्रो कुरा सुन्यो भने तिमीले आफ्नो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ।+ १६ तर उसले सुनेन भने आफूसित अरू एक वा दुई जनालाई लिएर जाऊ ताकि दुई वा तीन जना साक्षीको बयानको आधारमा* मात्र हरेक मामिलाको फैसला सुनाइयोस्।+ १७ यदि उसले तिनीहरूको कुरा सुनेन भने मण्डलीलाई भन। अनि यदि उसले मण्डलीको कुरासमेत सुनेन भने ऊ तिम्रो लागि अन्यजाति+ वा कर उठाउने मानिससरह होस्।+
-