प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २४:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब अब्राहामले आफ्नो घरको सबै चाँजोपाँजो मिलाउने भरपर्दो अनि सबैभन्दा पुरानो नोकरलाई बोलाएर भने:+ “कृपया तिम्रो हात मेरो तिघ्रामुनि राख।* ३ अनि स्वर्ग र पृथ्वीका परमेश्‍वर यहोवाको कसम खाएर भन, ‘तिमीले मेरो छोराको लागि यस ठाउँको कनानी केटी खोज्नेछैनौ।+

  • व्यवस्था ७:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनीहरूसित बिहाबारी नगर्नू। तिमीहरूका छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू र तिनीहरूका छोरीहरू पनि तिमीहरूका छोराहरूको लागि नल्याउनू।+ ४ किनभने तिनीहरूले तिमीहरूका छोराहरूलाई अरू देवताहरूको पूजा गर्न लगाउनेछन्‌ र उनीहरूलाई बहकाएर परमेश्‍वरबाट टाढा लैजानेछन्‌।+ त्यसपछि यहोवा परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।+

  • नहेम्याह १३:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यसैले मैले ती मानिसहरूलाई हप्काएँ, तिनीहरूमध्ये केहीलाई पिटेँ + अनि तिनीहरूको कपाल लुछेँ र तिनीहरूलाई यसो भनेँ: “परमेश्‍वरको नाममा यो कसम खाओ कि तिमीहरूले आफ्ना छोरीहरूको विवाह उनीहरूको छोराहरूसँग गराइदिनेछैनौ र तिमीहरूले पनि आफ्नो लागि वा आफ्ना छोराहरूको लागि उनीहरूका छोरीहरू ल्याउनेछैनौ।+ २६ के यही कारणले गर्दा इस्राएलका राजा सुलेमानले पनि पाप गरेका थिएनन्‌ र? तिनीजस्तो राजा अरू कुनै राष्ट्रमा थिएन+ अनि तिनका परमेश्‍वरले तिनलाई माया गर्नुहुन्थ्यो।+ त्यसैले परमेश्‍वरले तिनलाई पूरै इस्राएलको राजा बनाउनुभयो। तर तिनले समेत आफ्ना विदेशी पत्नीहरूको लहलहैमा लागेर पाप गरे।+

  • २ कोरिन्थी ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने