-
प्रेषित १८:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ तब अपोल्लस+ नाम गरेका एक जना यहुदी एफिसस आइपुगे। तिनी अलेक्जेन्ड्रियाका रैथाने थिए र बोल्नमा सिपालु हुनुका साथै धर्मशास्त्रमा पोख्त थिए। २५ तिनले यहोवा* परमेश्वरको मार्गको विषयमा निर्देशन* पाएका थिए र तिनी पवित्र शक्तिले भरिएर जोसिलो भई येसुको विषयमा सही कुरा बोल्ने र सिकाउने गर्थे तर तिनलाई युहन्नाले सिकाउने गरेको बप्तिस्माको विषयमा मात्र थाह थियो।
-