२७ साथै उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिँदै भन्नुभयो: “तिमीहरू सबैले यसबाट पिओ;+२८ किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस् भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्वरको करारलाई पक्का गर्छ।+
१५ त्यसैले उहाँ नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ।+ बोलावट पाएकाहरूलाई अनन्त उत्तराधिकारको+ प्रतिज्ञा गर्न सकियोस् भनेर उहाँ मध्यस्थकर्ता हुनुभयो। यी सब उहाँको मृत्युद्वारा सम्भव भएको हो अनि पहिलेको करार अस्तित्वमा छँदा गरिएका अपराधहरूबाट तिनीहरूलाई मुक्त गर्न उहाँकै मृत्युद्वारा फिरौती तिरियो।+