२ उहाँको सामुन्ने ऊ टुसाझैँ पलाउँछ,+ सुक्खा जमिनको जराझैँ ऊ हुनेछ।
उसको रूपमा न शोभा न त सौन्दर्य नै छ।+
हामी उसलाई देख्छौँ तैपनि ऊतिर खिचिँदैनौँ।
३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+
चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।
हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।
हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+