१६तब पावल यात्रा गर्दै डर्बी र लिस्त्रामा पनि आइपुगे।+ त्यहाँ तिमोथि+ नाम गरेका एक जना चेला थिए। उनकी आमा प्रभुमा विश्वास गर्ने यहुदी स्त्री थिइन् तर उनका बुबा भने ग्रीक थिए। २ लिस्त्रा र आइकोनियमका भाइहरूले उनको असाध्यै तारिफ गर्थे।
१९ प्रभु येसुको इच्छा भए तिमोथिलाई चाँडै तिमीहरूकहाँ पठाउने आशा गर्दै छु+ ताकि तिमीहरूको विषयमा सुनेर मैले प्रोत्साहन पाउन सकूँ। २० किनकि तिमीहरूको साँचो चासो राख्ने तिनको जस्तो मनोभाव भएका अरू मानिस मसित छैन।