१६ त्यसैले खानपान वा चाडबाड वा औँसी+ वा विश्रामदिन* मान्ने विषयमा कुनै मानिसले तिमीहरूको न्याय गर्न नपाओस्।+१७ ती आउने कुराहरूको छाया मात्र हुन्+ तर वास्तविकता त ख्रिष्ट हुनुहुन्छ।+
५ पवित्र सेवा चढाइरहेका ती पुजारीहरू स्वर्गका कुराहरूको नमुना र छाया हुन्;+ जस्तो कि मोसाले पनि पाल बनाउन लाग्दा परमेश्वरबाट यस्तो आज्ञा पाएका थिए: “हेर, मैले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै तिमीले यी सबै दुरुस्त बनाउनू।”+