१३ त्यसैले हामी निरन्तर परमेश्वरलाई धन्यवाद पनि चढाइरहन्छौँ + किनकि तिमीहरूले हामीबाट सुनेको परमेश्वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्यौ। अनि तिमीहरू, जो येसुका चेलाहरू भइसकेका छौ, तिमीहरूबीच त्यही वचनले काम पनि गरिरहेको छ।