११ “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्,+ खेदो गर्छन्+ र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा भन्छन्।+ १२ तब रमाओ र खुसीयाली मनाओ+ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ;+ तिमीहरूअघिका भविष्यवक्ताहरूको पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।+