१२“त्यसबेला तिम्रा मानिसहरूको पक्ष लिने ती महान् राजकुमार+ माइकल*+ खडा हुनेछन्। अनि यस्तो सङ्कटको समय आउनेछ, जुन राष्ट्रहरू बनेदेखि अहिलेसम्म कहिल्यै आएको छैन। त्यसबेला तिम्रा मानिसहरू, जसको नाम पुस्तकमा लेखिएको छ,+ तिनीहरू त्यस सङ्कटबाट उम्कनेछन्।+
३ हो, मेरो साँचो सहकर्मी, म तिमीलाई पनि यो अनुरोध गर्छु कि यी स्त्रीहरूलाई मदत गरिरह, जसले क्लेमेन्ट र मेरा अरू सहकर्मीहरू, जसको नाम जीवनको पुस्तकमा छ,+ उनीहरूसित मिलेर सुसमाचार सुनाउन मसँगै परिश्रम गरेका छन्।*