भजनसङ्ग्रह
निर्देशकलाई; कोरहवंशीको भजन।+ अलामोथ शैलीमा।* एउटा गीत।
३ अनि चाहे समुद्र गर्जियोस् र त्यसले फीँज काढोस्,+
चाहे समुद्र उर्लेर पर्वतहरू थर्किऊन्, हामी डराउनेछैनौँ। (सेला)
४ एउटा नदी छ, जसका धाराहरूले परमेश्वरको सहरलाई आनन्दित तुल्याउँछ,+
सर्वोच्च परमेश्वरको महापवित्र वासस्थानलाई* आनन्दित तुल्याउँछ।
५ परमेश्वर त्यस सहरमा हुनुहुन्छ;+ त्यो डग्नेछैन।
परमेश्वर त्यसलाई सहायता गर्न मिरमिरेमै आउनुहुनेछ।+
६ जातिजातिमाझ कोलाहल छायो, राज्यहरूको पतन भयो;
उहाँले आफ्नो स्वर उचाल्नुभयो र पृथ्वी पग्लियो।+
८ आओ र यहोवा परमेश्वरका कामहरू हेर,
उहाँले पृथ्वीमा कस्ता अचम्म-अचम्मका कामहरू गर्नुभएको छ।
९ पृथ्वीबाट उहाँले युद्ध नामेट पार्नुहुन्छ।+
उहाँले धनु भाँचिदिनुहुन्छ र भालाहरू टुक्राटुक्रा पारिदिनुहुन्छ;
युद्धका रथहरू* उहाँले आगोमा जलाइदिनुहुन्छ।