लेवी
१४ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: २ “कुनै कुष्ठरोगीलाई शुद्ध ठहराउने दिनमा पालन गर्नुपर्ने नियम यही हो। उसलाई पुजारीकहाँ ल्याउनू।+ ३ पुजारी छाउनीबाहिर जाऊन् र त्यस कुष्ठरोगीलाई जाँचून्। यदि उसको रोग निको भइसकेको रहेछ भने ४ शुद्धीकरणको निम्ति पुजारीले उसलाई शुद्ध चराहरूमध्येबाट दुई वटा चरा, देवदारको हाँगा, सिन्दूरे रङ्गको कपडा र हिसप* ल्याउने आज्ञा देऊन्।+ ५ अनि पुजारीले उसलाई खोलाको पानी राखेको माटोको भाँडोमाथि एउटा चरा मार्न लगाऊन्। ६ त्यसपछि पुजारीले जिउँदो चराको साथै देवदारको हाँगा, सिन्दूरे रङ्गको कपडा र हिसप लेऊन् अनि ती सबैलाई पहिलो चराको रगतमा चोपून्, जसलाई खोलाको पानी राखेको माटोको भाँडोमाथि मारिएको थियो। ७ त्यसपछि पुजारीले शुद्ध हुन आएको कुष्ठरोगीमाथि त्यो रगत सात पल्ट छर्कून् र उसलाई शुद्ध ठहराऊन् अनि जिउँदो चरालाई चाहिँ छोडिदेऊन्।+
८ “शुद्ध हुन आएको व्यक्तिले चाहिँ आफ्नो लुगा धोओस्, कपाल र जीउको सबै रौँ खौरोस् र नुहाओस् अनि ऊ शुद्ध हुनेछ। त्यसपछि ऊ छाउनीभित्र आउन सक्छ तर सात दिनसम्म ऊ आफ्नो पालबाहिरै बसोस्। ९ सातौँ दिनमा उसले आफ्नो कपाल, दाह्री र आँखीभौँ खौरोस्। सबै रौँ खौरिसकेपछि उसले फेरि आफ्नो लुगा धोओस् र नुहाओस्। अनि ऊ शुद्ध हुनेछ।
१० “आठौँ दिन उसले पुजारीकहाँ यी कुराहरू ल्याओस्: भेडाको दुई वटा निष्खोट पाठो, भेडाको एउटा एक वर्षे निष्खोट पाठी,+ अन्नभेटीको निम्ति एपाको दस भागको तीन भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस्+ अनि एक लग* तेल।+ ११ त्यसपछि उसलाई शुद्ध ठहराउने पुजारीले ती भेटीहरूसँगै उसलाई भेट हुने पालको* प्रवेशद्वारमा यहोवा परमेश्वरसामु ल्याऊन्। १२ अनि पुजारीले एक लग तेलका साथै दोषभेटीको निम्ति भेडाको एउटा पाठो लेऊन्+ र ती यहोवा परमेश्वरसामु डोलाउने भेटीको रूपमा डोलाऊन्।*+ १३ त्यसपछि तिनले त्यस पाठोलाई पापभेटी र अग्निभेटीको जनावर प्रायजसो जहाँ काटिन्छ, त्यहीँ अर्थात् पवित्र ठाउँमा काटून्+ किनभने पापभेटीजस्तै यो दोषभेटी पनि पुजारीको हो।+ यो महापवित्र कुरा हो।+
१४ “त्यसपछि पुजारीले दोषभेटीको अलिकति रगत लेऊन् र शुद्ध हुन आएको व्यक्तिको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदेऊन्। १५ अनि पुजारीले भेटीको अलिकति तेल+ आफ्नो बायाँ हत्केलामा खन्याऊन्। १६ त्यसपछि तिनले बायाँ हत्केलामा भएको तेलमा आफ्नो दायाँ औँला चोपून् र यहोवा परमेश्वरसामु सात पल्ट छर्कून्। १७ त्यसपछि तिनले आफ्नो हत्केलामा बाँकी भएको तेलबाट अलिकति लिएर शुद्ध हुन आएको व्यक्तिको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा दोषभेटीको रगत लगाएकै ठाउँमा लगाइदेऊन्। १८ अनि तिनले आफ्नो हत्केलामा बाँकी भएको तेल शुद्ध हुन आएको व्यक्तिको टाउकोमा लगाइदेऊन् अनि तिनले यहोवा परमेश्वरसामु उसको निम्ति प्रायश्चित गरिदेऊन्।+
१९ “पुजारीले पापभेटीको जनावर चढाऊन्+ र शुद्ध हुन आएको व्यक्तिको निम्ति प्रायश्चित गरिदेऊन्। अनि तिनले अग्निभेटीको जनावर काटून्। २० त्यसपछि तिनले वेदीमा अग्निभेटी र अन्नभेटी चढाऊन्+ र शुद्ध हुन आएको व्यक्तिको निम्ति प्रायश्चित गरिदेऊन्।+ त्यसपछि ऊ शुद्ध हुनेछ।+
२१ “यदि ऊ गरिब छ र उसको औकातले दिँदैन भने आफ्नो प्रायश्चितको निम्ति दोषभेटी चढाउन र त्यसलाई डोलाउने भेटीको रूपमा डोलाउन उसले भेडाको एउटा निष्खोट पाठो ल्याओस्। साथै अन्नभेटीको निम्ति एपाको दस भागको एक भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस् अनि एक लग तेल ल्याओस्। २२ अनि आफ्नो औकातअनुसार उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा पनि ल्याओस्; एउटा पापभेटीको निम्ति अनि अर्को अग्निभेटीको निम्ति।+ २३ आठौँ दिन+ आफ्नो शुद्धीकरणको लागि उसले यी भेटीहरू भेट हुने पालको प्रवेशद्वारमा यहोवा परमेश्वरसामु पुजारीकहाँ ल्याओस्।+
२४ “त्यसपछि पुजारीले दोषभेटीको निम्ति ल्याइएको भेडाको पाठो+ र एक लग तेल लेऊन् अनि ती कुराहरू यहोवा परमेश्वरसामु डोलाउने भेटीको रूपमा डोलाऊन्।+ २५ त्यसपछि तिनले दोषभेटीको त्यो पाठो काटून् र त्यसको अलिकति रगत लिएर शुद्ध हुन आएको व्यक्तिको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदेऊन्।+ २६ अनि तिनले भेटीको अलिकति तेल आफ्नो बायाँ हत्केलामा खन्याऊन्।+ २७ त्यसपछि तिनले बायाँ हत्केलामा भएको अलिकति तेलमा आफ्नो दायाँ हातको औँला चोपून् र यहोवा परमेश्वरसामु सात पल्ट छर्कून्। २८ त्यसपछि तिनले आफ्नो हत्केलामा भएको तेलबाट अलिकति लिएर शुद्ध हुन आएको व्यक्तिको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा दोषभेटीको रगत लगाएकै ठाउँमा लगाइदेऊन्। २९ अनि तिनले आफ्नो हत्केलामा बाँकी भएको तेल शुद्ध हुन आएको व्यक्तिको टाउकोमा लगाइदेऊन्; यसरी पुजारीले यहोवा परमेश्वरसामु उसको निम्ति प्रायश्चित गरिदेऊन्।
३० “उसले आफ्नो औकातअनुसार दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा ल्याओस्।+ ३१ अनि एउटालाई पापभेटीको रूपमा र अर्कोलाई अग्निभेटीको रूपमा चढाओस्।+ उसले अन्नभेटी पनि सँगै ल्याओस्। त्यसपछि पुजारीले शुद्ध हुन आएको त्यस व्यक्तिको निम्ति यहोवा परमेश्वरसामु प्रायश्चित गरिदेऊन्।+
३२ “कुष्ठरोग लागेको व्यक्तिसित आफ्नो शुद्धीकरणको निम्ति चाहिने सबै कुरा जुटाउने औकात छैन भने उसलाई लागू हुने नियम यही हो।”
३३ त्यसपछि यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: ३४ “मैले तिमीहरूलाई अधिकार गर्न दिने+ कनान देशमा+ तिमीहरू पुगेपछि यदि मैले कुनै घरमा ढुसी लाग्न दिएँ भने+ ३५ त्यो घर जसको हो, उसले पुजारीकहाँ गएर यसो भनोस्, ‘मेरो घरमा ढुसी लाग्यो जस्तो छ।’ ३६ घरको जाँच गर्न जानुअघि नै पुजारीले घरभित्रको सबै सरसामान हटाउन लगाऊन् नत्र त त्यहाँ भएको सबै कुरा अशुद्ध हुनेछ। घर खाली गरिसकेपछि मात्र पुजारी घरभित्र छिरून्। ३७ त्यसपछि तिनले घरको भित्तामा देखिएका दागहरू राम्ररी जाँचून्। यदि ती दागहरू पहेँलोपहेँलो खालको हरियो रङ्गको वा रातो रङ्गको छ र ती दागहरू भित्ताको भित्रसम्म गडेको देखिन्छ भने ३८ पुजारी घरबाहिर निस्कून् र त्यस घरमा कोही पनि नपसून् भनेर त्यसलाई सात दिनसम्म बन्द गरून्।+
३९ “सातौँ दिनमा आएर पुजारीले त्यो घर फेरि राम्ररी जाँचून्। यदि भित्ताको दाग फैलिएको रहेछ भने ४० पुजारीले दाग लागेका ढुङ्गाहरू निकाल्न र त्यसलाई सहरबाहिर फोहोर फाल्ने ठाउँमा फाल्न लगाऊन्। ४१ अनि घरभित्र सबै भित्ता खुर्किन लगाऊन् र त्यसरी खुर्कँदा निस्केको माटो र ढुङ्गाहरूबीचको माटोलाई सहरबाहिर फोहोर फाल्ने ठाउँमा फाल्न लगाऊन्। ४२ अनि तिनीहरूले ढुङ्गा निकालेको ठाउँमा नयाँ ढुङ्गा राखून् र त्यसको बीचबीचमा राख्न र बाहिरबाट पोत्न नयाँ माटो प्रयोग गरून्।
४३ “ढुङ्गा झिक्ने, भित्ता खुर्कने अनि नयाँ माटोले भित्ता पोत्ने काम गरिसकेपछि पनि दाग फेरि देखा पऱ्यो भने ४४ पुजारीले घरभित्र गएर राम्ररी जाँचून्। यदि दाग फैलिएको छ भने त्यो सर्ने किसिमको ढुसी हो।+ त्यसैले त्यो घर अशुद्ध छ। ४५ तिनले त्यो घर पूरै भत्काउन अनि त्यसको ढुङ्गा, काठ, माटो सबै निकालेर सहरबाहिर फोहोर फाल्ने ठाउँमा लगेर फाल्न लगाऊन्।+ ४६ तर त्यो घर बन्द गरिएको बेला कुनै व्यक्ति भित्र पसेमा+ ऊ साँझसम्म अशुद्ध रहोस्।+ ४७ कोही त्यस घरमा सुतेमा उसले आफ्नो लुगा धोओस्; त्यसरी नै कसैले त्यस घरमा खाएमा उसले पनि आफ्नो लुगा धोओस्।
४८ “तर त्यस घरलाई नयाँ माटोले पोतेपछि पुजारी आएर जाँच्दा त्यहाँ दाग फैलिएको रहेनछ भने तिनले त्यस घरलाई शुद्ध ठहराऊन् किनभने त्यहाँबाट दाग हटिसकेको छ। ४९ त्यस घरलाई शुद्ध पार्न तिनले दुई वटा चरा, देवदारको हाँगा, सिन्दूरे रङ्गको कपडा र हिसप लेऊन्।+ ५० तिनले तीमध्ये एउटा चरालाई खोलाको पानी राखेको माटोको भाँडोमाथि मारून्। ५१ त्यसपछि तिनले जिउँदो चराको साथै देवदारको हाँगा, सिन्दूरे रङ्गको कपडा र हिसप लेऊन् अनि ती सबैलाई पहिलो चराको रगतमा चोपून्, जसलाई खोलाको पानी राखेको माटोको भाँडोमाथि मारिएको थियो। अनि त्यो रगतले त्यस घरलाई सात पल्ट छर्कून्।+ ५२ यसरी तिनले चराको रगत, खोलाको पानी, जिउँदो चरा, देवदारको हाँगा, हिसप अनि सिन्दूरे रङ्गको कपडाले त्यस घरलाई शुद्ध पारून्। ५३ त्यसपछि जिउँदो चरालाई चाहिँ सहरबाहिर छोडिदेऊन् र तिनले त्यस घरको निम्ति प्रायश्चित गरिदेऊन् अनि त्यो घर शुद्ध हुनेछ।
५४ “यो नियम सबै किसिमको कुष्ठरोग र ढुसीमा लागू हुन्छ: टाउकोको छाला अथवा दाह्रीमा सङ्क्रमण हुँदा,+ ५५ लुगा+ अथवा घरमा+ ढुसी लाग्दा, ५६ सुन्निँदा, दाद वा दाग देखा पर्दा।+ ५७ कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउने नियम यही हो;+ कुष्ठरोग र ढुसीसम्बन्धी नियम यही हो।”+