प्रस्थान
२७ “तिमीले बबुल काठको वेदी बनाउनू;+ त्यसको लम्बाइ पाँच हात र चौडाइ पाँच हात होस्। वेदी चारकुने होस् र त्यसको उचाइ तीन हात* होस्।+ २ वेदीको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाउनू।+ वेदीलाई तामाले मोहोर्नू।+ ३ वेदीको खरानी* उठाउन बाल्टिन बनाउनू; साथै साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो पनि बनाउनू। यी सबै सरसामान तामाको होस्।+ ४ वेदीको लागि तामाको जाली बनाउनू अनि जालीको चारै कुनामा तामाका एक-एक वटा मुन्द्रा लगाउनू। ५ जालीलाई वेदीको चारैपट्टिको बिटमुनि राख्नू; त्यो जाली वेदीको बीचतिर होस्। ६ वेदीको लागि बबुल काठका डन्डीहरू बनाउनू र त्यसलाई तामाले मोहोर्नू। ७ वेदीलाई उठाएर लैजाने बेला यी डन्डीहरूलाई वेदीको दुईतिर भएका मुन्द्राहरूमा घुसाउनू।+ ८ तिमीले बनाएको वेदी खोक्रो बाकसजस्तै होस्। परमेश्वरले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै त्यो बनाउनू।+
९ “तिमीले वासस्थानको* वरिपरि चोक बनाउनू।+ चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाउनू। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात होस्।+ १० पाल ठड्याउन २० वटा खामा र ती खामाहरू घुसाउन तामाका २० वटा चूलघर* बनाउनू। खामाका अङ्कुसे र जोडनीहरू* चाँदीको बनाउनू। ११ उत्तर मोहडाको पालको लम्बाइ पनि १०० हात होस्। त्यसको लागि २० वटा खामा र तामाका २० वटा चूलघर बनाउनू; खामाका अङ्कुसे र जोडनीहरू चाँदीको बनाउनू। १२ चोकको पश्चिम मोहडाको लागि ५० हात चौडाइ भएको एउटा पाल बनाउनू; त्यसको लागि १० वटा खामा र १० वटा चूलघर बनाउनू। १३ चोकको पूर्वी मोहडा अर्थात् घाम उदाउने दिशातिरको पालको चौडाइ ५० हात होस्। १४ चोकमा छिर्ने प्रवेशद्वारको दायाँतिरको पाल १५ हातको होस्; त्यसको लागि तीन वटा खामा र तीन वटा चूलघर बनाउनू।+ १५ प्रवेशद्वारको बायाँतिरको पाल पनि १५ हातको होस्; त्यसको लागि तीन वटा खामा र तीन वटा चूलघर बनाउनू।
१६ “चोकमा छिर्ने प्रवेशद्वारको लागि २० हात लामो पर्दा बनाउनू; त्यो बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागोले बुनेको होस्।+ त्यसको लागि चार वटा खामा र चार वटा चूलघर बनाउनू।+ १७ चोकको चारैतिरका खामाहरूमा चाँदीका खीप र चाँदीका अङ्कुसेहरू लगाउनू तर त्यसका चूलघरहरू भने तामाका होऊन्।+ १८ चोकको लम्बाइ १०० हात+ र चौडाइ ५० हात होस् अनि चोकलाई बार्ने पालको उचाइ ५ हात होस्; पाल बाटिएको उच्चकोटिको मलमलको होस् र यसका चूलघरहरू तामाका होऊन्। १९ वासस्थानमा प्रयोग गरिने भाँडाकुँडा र सरसामानका साथै वासस्थानको पाल अड्काउने किलाहरू र चोकका पाल अड्काउने किलाहरू सबै तामाका होऊन्।+
२० “वासस्थानभित्र उज्यालो पार्न पानसको दियो कहिल्यै निभ्न नदिनू। दियो सधैँ बलिरहोस् भनेर तिमीले इस्राएलीहरूलाई जैतुनको शुद्ध तेल ल्याउने आज्ञा दिनू।+ २१ भेट हुने पालमा* साक्षीपाटी* राखिएको सन्दुकसामु*+ भएको पर्दाबाहिर हारुन र तिनका छोराहरूले ती दियोहरू साँझदेखि बिहानसम्म यहोवा परमेश्वरसामु बालिरहने प्रबन्ध मिलाऊन्।+ इस्राएलीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्।+