भजनसङ्ग्रह
निर्देशकलाई; दाउदले रचेको भजन।
२० दुःखको दिनमा यहोवाले तिमीलाई* जवाफ देऊन्।
याकुबका परमेश्वरको नामबाटै तिम्रो रक्षा होस्।+
३ तिमीले चढाएको सबै भेटी उहाँले सम्झून्;
तिमीले चढाएको अग्निभेटी* उहाँले ग्रहण गरून्। (सेला)
५ उहाँले गर्नुहुने उद्धारको हामी जयजयकार गर्नेछौँ;+
हाम्रा परमेश्वरको नामको महिमा गर्नेछौँ।+
यहोवाले तिम्रा सबै बिन्ती सुनिदेऊन्।
६ यहोवाले आफ्नो अभिषिक्त जनलाई बचाउनुहुन्छ भनेर अब मैले थाह पाएँ।+
उहाँले आफ्नो शक्तिशाली दाहिने बाहुलीले उद्धार गरेर*+
पवित्र स्वर्गबाट तिनलाई जवाफ दिनुहुन्छ।
८ तिनीहरू ढले, तिनीहरूको पतन भयो।
तर हाम्रो भने उत्थान भएको छ र हामी फेरि बलियो पारिएका छौँ।+