युहन्नालाई प्रकाश
८ पाठोले+ सातौँ लाहाछाप खोल्दा+ लगभग आधा घण्टासम्म स्वर्गमा सन्नाटा छायो। २ तब मैले परमेश्वरसामु खडा हुने सात स्वर्गदूतलाई देखेँ + अनि तिनीहरूलाई सात वटा बिगुल दिइयो।
३ तब अर्को स्वर्गदूत आइपुगे र तिनी वेदीको+ छेउमा उभिए। तिनीसित सुनको धूपदानी थियो र सबै पवित्र जनले प्रार्थना चढाउँदा तिनले सिंहासनअगाडि भएको सुनको वेदीमा+ धूप चढाऊन् भनेर तिनलाई थुप्रै धूप+ दिइयो। ४ ती स्वर्गदूतले हातमा लिएको धूपबाट उठेको धुवाँ पवित्र जनहरूको प्रार्थनासँगसँगै+ परमेश्वरकहाँ पुग्यो। ५ तब तुरुन्तै ती स्वर्गदूतले धूपदानी लिएर त्यसमा वेदीको आगो भरे अनि पृथ्वीमा हुर्ऱ्याए। तब मेघहरू गर्जिए, आवाजहरू सुनिए, बिजुलीहरू चम्के+ अनि भूकम्प गयो। ६ अनि सात वटा बिगुल लिएका सात स्वर्गदूत+ ती फुक्न तयार भए।
७ पहिलो स्वर्गदूतले आफ्नो बिगुल फुके। तब असिना र आगो उत्पन्न भयो, जसमा रगत मिसिएको थियो अनि त्यसलाई पृथ्वीमा हुर्ऱ्याइयो।+ त्यसले गर्दा पृथ्वीको एक तिहाइ भाग जल्यो, रूखहरूको एक तिहाइ भाग जल्यो र सबै हरिया वनस्पति जले।+
८ दोस्रो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि आगो सल्किरहेको ठूलो पहाडजस्तो केही चिज समुद्रमा+ हुर्ऱ्याइयो। त्यसले गर्दा समुद्रको एक तिहाइ भाग रगत बन्यो।+ ९ साथै समुद्रका एक तिहाइ जीवजन्तु मरे+ अनि एक तिहाइ जहाज क्षतिग्रस्त भए।
१० तेस्रो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि बत्तीजस्तै बलिरहेको एउटा ठूलो तारा आकाशबाट खस्यो र नदीहरूको एक तिहाइ भागमा र पानीका मुहानहरूमा त्यो पऱ्यो।+ ११ त्यो ताराको नाम तीतेपाती हो। त्यसले गर्दा एक तिहाइ पानी तीतो भयो र पानी तीतो भएकाले धेरै मानिस मरे।+
१२ चौथो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि सूर्यको एक तिहाइ भाग, चन्द्रमाको एक तिहाइ भाग अनि ताराको एक तिहाइ भागमा प्रहार गरियो+ ताकि तिनीहरू सबैको एक तिहाइ भाग अँध्यारो होस्+ अनि दिन र रात दुवैको एक तिहाइ भागमा उज्यालो नहोस्।
१३ तब मैले आकाशमा एउटा चील उडिरहेको देखेँ र त्यसले चर्को स्वरमा यसो भनिरहेको सुनेँ: “पृथ्वीमा बस्नेहरूमाथि ठूलो विपत्ति आउनेछ!*+ किनकि अझ तीन स्वर्गदूतले बिगुल फुक्न बाँकी छ र तिनीहरूले आफ्नो बिगुल फुक्नै लागेका छन्।”+