यसैया
२१ समुद्रछेउको निर्जनभूमिविरुद्ध* घोषणा:+
निर्जनभूमिबाट, त्यो डरलाग्दो भूमिबाट,
दक्षिणको आँधीबेहरीझैँ त्यो आइरहेको छ।+
२ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:
छल गर्नेले छल गर्दै छ,
नाश गर्नेले नाश गर्दै छ।
हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!
त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+
३ यो दर्शन देखेपछि मलाई असह्य वेदनाले+ छोपेको छ।
सुत्केरी बेथा लागेकी स्त्रीझैँ
म छटपटाइरहेको छु।
मलाई परेको चोट र पीडाले गर्दा
म केही पनि सुन्न र देख्न नसक्ने भएको छु।
४ मेरो मुटुले ठाउँ छोड्छ, म डरले थरथराउँछु।
जुन साँझको म प्रतीक्षा गर्थेँ, त्यसलाई सम्झिँदा पनि अहिले मलाई डरले छोप्छ।
६ किनकि यहोवाले मलाई यसो भन्नुभयो:
“जाऊ, एउटा पहरेदारलाई खटाऊ र उसले जे देख्छ, त्यो बताउन लगाऊ।”
७ अनि उसले घोडाहरूले दौडाइरहेको युद्धको रथ,
गधाहरूले दौडाइरहेको युद्धको रथ
र उँटहरूले दौडाइरहेको युद्धको रथ देख्यो।
उसले खुब ध्यान दिएर हेऱ्यो।
८ त्यसपछि उसले सिंहझैँ गर्जँदै यसो भन्यो:
“हे यहोवा, म पहरा दिने किल्लामा दिनभरि उभिरहेको छु,
हरेक रात चौकीमा म पहरा दिँदै छु।+
९ हेर्नुहोस् त, के आइरहेको छ?
घोडाहरूले दौडाइरहेको रथमा सेना आइरहेको छ!”+
त्यसपछि उसले भन्यो:
“पतन भएको छ! बेबिलोन पतन भएको छ!+
त्यसका देवीदेवताका मूर्तिहरू टुक्राटुक्रा हुनेगरि उहाँले भुईँमा बजारिदिनुभएको छ।”+
१० अन्न चुटेझैँ चुटिएका हे मेरा मानिसहरू हो,
हे खलाका मेरा अन्नहरू हो,+
इस्राएलका परमेश्वर, सेनाहरूका यहोवाबाट मैले जे-जे सुनेँ,
त्यो तिमीहरूलाई बताइदिएको छु।
११ दुमाविरुद्ध* घोषणा:
सेइरबाट कोही यसो भन्दै कराइरहेको छ:+
“ए पहरेदार, रात अझै कति बाँकी छ?
ए पहरेदार, रात अझै कति बाँकी छ?”
१२ त्यस पहरेदारले यसो भन्यो:
“बिहान हुनै लागेको छ अनि फेरि रात परिहाल्नेछ।
तिमी केही सोध्न चाहन्छौ भने सोध,
फेरि आऊ!”
१५ किनकि काट्नलाई थुतिएको तरबारदेखि,
काँड हान्न तन्काइएको धनुदेखि र भयानक युद्धदेखि तिनीहरू भागेर आएका छन्।
१६ यहोवाले मलाई यसो भन्नुभयो: “ज्यालादारी मजदुरको एक वर्षभित्रै* केदारको+ सारा गौरव माटोमा मिल्नेछ। १७ केदारको सेनामा थोरै धनुर्धारी मात्र बाँकी हुनेछन् किनकि इस्राएलका परमेश्वर यहोवाले नै यो कुरा भन्नुभएको हो।”