भाग १
(भजनसङ्ग्रह १-४१)
१ आनन्दित हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहअनुसार चल्दैन,
जो पापीहरूको मार्गमा उभिँदैन+
अनि खिसी गर्नेहरूसित उठबस गर्दैन।+
२ तर यहोवाको व्यवस्थामा ऊ प्रसन्न रहन्छ+
र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्छ।+
३ ऊ खोलाको छेउमा रोपिएको रूखजस्तै हुनेछ,
जसले आफ्नो ऋतुमा फल दिन्छ,
जसको पात कहिल्यै ओइलाउँदैन।
उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।+
४ तर दुष्टहरू त्यस्ता हुँदैनन्;
तिनीहरू बतासले उडाएर लैजाने भुसजस्तै हुन्छन्।
५ त्यसैले न्यायको समयमा दुष्टहरू खडा रहन सक्दैनन्+
अनि पापीहरू धर्मीहरूको समुदायमा टिक्न सक्दैनन्।+
६ किनकि यहोवा धर्मीहरूको मार्ग जान्नुहुन्छ+
तर दुष्टहरूको मार्ग नष्ट हुनेछ।+