भजनसङ्ग्रह
३ प्रभुहरूका पनि प्रभुलाई धन्यवाद चढाओ
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
६ उहाँले धर्तीलाई पानीमाथि फैलाउनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
७ उहाँले ठूलठूला ज्योतिहरू बनाउनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,
८ उहाँले दिनमाथि अधिकार गर्न सूर्य बनाउनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,
९ उहाँले रातमाथि अधिकार गर्न चन्द्रमा र ताराहरू बनाउनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
१० उहाँले मिश्रको सबै पहिलो सन्तानलाई मार्नुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
११ उहाँले इस्राएललाई तिनीहरूको माझबाट छुटाएर ल्याउनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,
१२ उहाँले आफ्नो शक्तिशाली र पराक्रमी हातले+ छुटाएर ल्याउनुभयो
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
१४ उहाँले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
१५ उहाँले फारो र तिनको सेनालाई लाल समुद्रमा फालिदिनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
१६ उहाँले आफ्ना मानिसहरूलाई निर्जनभूमि हुँदै लैजानुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
१७ उहाँले ठूलठूला राजाहरूलाई प्रहार गर्नुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
१८ उहाँले शक्तिशाली राजाहरूलाई मार्नुभयो
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,
१९ एमोरीहरूका राजा सिहोनलाई+ मार्नुभयो
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,
२० बासानका राजा ओगलाई+ पनि मार्नुभयो
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
२१ उहाँले तिनीहरूको भूमि पैतृक सम्पत्तिको रूपमा दिनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,
२२ आफ्नो सेवक इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
२४ उहाँले हामीलाई वैरीहरूबाट पटक-पटक छुटाउनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
२५ उहाँले सबै जीवलाई आहार दिनुहुन्छ+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
२६ स्वर्गका परमेश्वरलाई धन्यवाद चढाओ
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।